अर्थ / वाणिज्य

विद्युतीय गाडीको आयात घट्यो

विद्युतीय गाडीको आयात घट्यो

काठमाडौं,साउन ७ । असारमा विद्युतीय गाडी ९ईभी०को आयातमा कमी आएको छ ।  सरकारले गत १५ जेठमा ल्याएको बजेट मार्फत विद्युतीय गाडी ९ईभी० मा लाग्ने कर बढाएसंगै असारमा कमी आएको हो ।  

आर्थिक विधेयक मार्फत इन्ट्री लेभलदेखि सबै गाडीमा भन्सार र अन्तःशुल्क गरेर सरकारले १० प्रतिशत कर बढाएको छ । कर बढाउनु अगाडि वैशाखमा र जेठको दोस्रो सातासम्म ठूलो परिमाणमा विद्युतीय गाडीको आयात भएको थियो ।

जेठमा मात्रै करिब ३ हजार युनिट आयात भएको थियो । तर, असारमा भने २ सय ६६ युनिट मात्रै विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा कुल ११ हजार ७ सय १ युनिट ईभी ९कार, जिप, भ्यान० भित्रिएका छन् । जसमध्ये असारमा २ सय ३५ युनिट भित्रिएको हो ।वैशाखमा १ हजार ४ सय ४ युनिट ईभी आयात भएको थियो ।  वैशाख र जेठमा मात्रै करिब साढे ४ हजार युनिट ईभी आयात भएकोमा असारमा भने २ सय ३५ मा मात्रै सीमित भएको हो । १५ जेठ २०८१ मा आएको आर्थिक विधेयक मार्फत पनि ईभीमा कर बढेको छ । ५० किलोवाट र ५१ देखि १०० किलोवाट क्षमतामा भन्सार र अन्तःशुल्क ५र५ प्रतिशतले बढाएको छ ।

 

 

Related Post