अर्थ / वाणिज्य

१७ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

१७ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

काठमाडौं,असार ३१ । साताको दोस्रो दिन सोमबार शेयर बजार   १७.१८ अंकले घटेको छ । सो अंकको गिरावटसँगै आज नेप्से परिसूचक २२४० अंकमा कायम भएको छ ।

बजार घट्दा कारोबार रकम भने उच्च छ । अघिल्लो दिन ७ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भएको छ भने  कुल ५६ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने २ को स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै १.७ प्रतिशत बढ्यो भेन विकास बैंक समूह १.८९ प्रतिशत घट्यो ।

Related Post