ललितपुर ,साउन २ । ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०र८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
आव २०८०र८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो ।
राजस्व सङ्कलन र पुँजीगत खर्चमा उल्लेख्य सफलता हासिल गरेको महानगर आव २०८०÷८१ मा बेरुजु रकमलाई शून्य दशमलव ४६ प्रतिशतमा झार्न सफल भएको छ । समीक्षा अवधिमा महानगरले रु ५८ करोडभन्दा बढी पुरानो बेरुजु फछ्र्यौट गरेको छ ।