काठमाडौं,असोज २२ । मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ तोकिएको छ । सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १९८० रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।