अर्थ / वाणिज्य समाचार

सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड

सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड

 काठमाडौं,कात्तिक ५। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको बेला सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ । यस दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ६५ हजारमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी प्रतितोला २०९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो ।

 

 

Related Post