काठमाडौं,भदौ २३ । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा एक महिलाको हत्या गरेको आरोपमा दुई जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेका छन् ।
सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव भेटिएको थियो । प्रहरीका अनुसार उनी लामो समय देखी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला हुन् ।हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् ।
अनुसन्धानको क्रममा हत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने आशंका गरिएको छ ।