काठमाडौं,फागुन २५ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले राजावादीको नाममा भइराखेको गतिविधि नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गरेका छन् । आइतबार राष्ट्रिय सभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै उनले राजावादीको नाममा भइराखेको गतिविधि नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गराउदै राजावादीको प्रदर्शनलाई अराजकताको संज्ञा दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र देशका विभिन्न क्षेत्रको भ्रमण गरेर काठमाडौं फर्किँदैछन् । ज्ञानेन्द्र पुगेको क्षेत्रमा राजावादले प्रदर्शन गरेका छन् भने आइतबार उनलाई स्वागत गर्ने क्रममा राजावादीहरूले काठमाडौंमा र्याली निकाल्दैछन् । यस्तो कार्यलाई शर्माले अराजकताको संज्ञा दिएका हुन् ।
उनले भनेका छन्, ‘यो (राजावादीको प्रदर्शन) संविधान विरोधी हर्कत, व्यवस्था विरोधी, संघीयता विरोध क्रियाकलाप जे छन् यो अराजकतालाई नियन्त्रण गर्न कन्ट्रोल गर्न सरकार किन सकिरहेको छैन’।