समाचार

संवैधानिक परिषद्को बैठक आज बस्दै

संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौं,भदौै २८ । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका हुन्। आजको बैठकले प्रधानन्यायाधीश तथा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिसका गर्ने तयारी छ ।

नियुक्तिलगायतको विषयमा प्रधानमन्त्री ओलीले हिजो कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् ।

 

Related Tag :

Related Post