काठमाडौं,मंसिर १९ ।धनकुटाबाट दुई वटा सेतो नम्बर प्लेटको गाडीमा तस्करी हुँदै गरेको ठूलो परिणामको गाँजा ल्याउँदै गरेको अवस्थामा धरानबाट प्रहरीले ६९० किलो गाउँजासहित एक जनालाई पक्राउ गरेको छ। एक जना भने अझै फरार छन् । प्रहरीका अनुसार बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बर प्लेटको सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद भएको हो ।प्रहरीले गाँजा नियन्त्रणमा लिनका लागि चार राउण्ड फायर गरेको थियो ।
तस्करको समूहले यसअघि एम्बुलेन्स, इन्धन बोक्ने ट्यांकरमा पनि गाँजा तस्करी गरेको थियो । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट गाडी मंगलबार साँझ नियन्त्रणमा लिएको थियो ।सवारीसाधनहरू चेकजाँचका क्रममा सरकारी नम्बर प्लेट राखिएको ५१२७ नम्बरको गाडी भागेपछि प्रहरीले गोली चलाएको थियो । यो गाडीलाई धरान–१३ को सूर्य मार्गमा छाडेर चालक फरार भएका थिए ।सरकारी नम्बर प्लेट राखिएको ४६०५ नम्बरको गाडी चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
तस्करको समूहले संघीय सरकारको कानुन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडीको नम्बर तस्करीमा प्रयोग भएको गाडीमा राखेका थिए ।