समाचार

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीको आग्रह

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीको आग्रह

काठमाडौं,साउन ४ । अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीले सर्वसाधारणलाई आग्रह गरेको छ । अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सर्वसाधारणमा आग्रह गरेको हो ।

अनुसन्धानका क्रममा विदेशी मुलुक जस्तै संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, अष्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका विभिन्न देशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जनगरी पठाएको विप्रेषणबापतको रकम अवैध प्रक्रियाबाट आइरहेको र उक्त रकम एजेन्टले विदेशमा रहेका नेपालीको नेपालस्थित आफन्तको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको भन्दै त्यस्तो भएको पाइए खबर गर्न अनुरोध गरिएको सीआईबीले जनाएको छ ।

 

Related Tag :

Related Post