समाचार

प्रधानमन्त्री ओली भेट्न देउवा र प्रचण्ड पुगे बालुवाटार

प्रधानमन्त्री ओली भेट्न देउवा र प्रचण्ड पुगे बालुवाटार

काठमाडौं,भदौ २७ । प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । केही समयअघि देउवा र प्रचण्ड बालुवाटार पुगेका हुन।

प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप(प्रत्यारोप चलिरहेको छ । यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यस्तै, सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन् ।

 

Related Tag :

Related Post