समाचार

काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

काठमाडौं,साउन २५ । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको छ ।     सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ । हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको हो  ।

महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । यो सडक एकतर्फी छ ।

यो बाटो सडक विभागअन्तर्गत पर्दछ ।यो सडक यसअघि पनि भासिएको थियो । 
सडकमा धेरै क्षति पुगेकाले अस्थायी रुपमा मर्मत गर्न नमिल्ने देखिएको छ । 

Related Tag :

Related Post