समाचार

बीआरआई फ्रेमवर्कभित्र १० परियोजना समेटिए, कुन कुन परे?

बीआरआई फ्रेमवर्कभित्र १० परियोजना समेटिए, कुन कुन परे?


काठमाडौं,मंसिर १९ । लामो समयदेखि चर्चा र बहसको बिषय बनेको बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० फ्रेमवर्कसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज नेपाल र चिन बीच बिआरआइ सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। दुवै पक्ष बीआरआईको फ्रेमवर्कमा सहमत भएसँगै अन्योल चिरिएको छ । 

बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने कांग्रेस र एमालेबीच समझदारी भएको थियो। बेइजिङमा आयोजिक एक समारोहमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका नेसनल डेभलपमेन्ट उन्ड विकास रिफर्म कमिसनका उपाध्इक्ष लिउ सुशेले हस्ताक्षर गरेका हुन् । बीआरआई सहकार्य अन्तर्गत नेपालले १० वटा परियोजना अघि सारिएको बुझिएको छ । फ्रेमवर्कभित्र समेटिएका परियोजनामा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग रहेका छन् । 

यस्तै, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स बीआरआईमा समेटिएका छन् ।
 

Related Tag :

Related Post