समाचार

नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ ग्रहण आइतबार हुने

नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ ग्रहण आइतबार हुने

काठमाडौं,असार २८ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने समझदारी भएको हो ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शीतल निवास स्रोतका अनुसार आइतबार ओलीको नियुक्ति हुनेछ र सोही साँझ सपथग्रहण समेत हुनेछ ।

 

Related Tag :

Related Post