मोरङ,भदौ २ । मोरङको सुन्दरहरैँचा १० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलमा एक दिने स्काउट मास्टर कार्यशाला सम्पन्न भएको छ । नेपाल स्काउट, कोशी प्रदेश स्काउट, सुन्दरहरैँचा तथा बेलबारी स्थानीय स्काउट समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
कार्यशालामा प्रदेश १ का विभिन्न १८ वटा पालिकाका ५० जना स्काउट मास्टरहरुको सहभागीता रहेको थियो । कार्यक्रमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय कार्यसमिति सदस्य श्री नवल प्रसाद उपाध्याय सहित कोशी प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, कोशी प्रदेश स्काउट कार्यलयका अधिकृत नवराज घिमिरेको उपस्थिीति रहेको थियो ।कार्यक्रमका मुख्य प्रशिक्षक रहेका नवल प्रसाद उपाध्यायले सहभागीहरुलाई प्रभावकारी ढंगले स्काउट कक्षा सञ्चालन , डोरी कार्य, अनलाइन रजिस्ट्रेस्न लगायत विषयमा प्रशिक्षण गरेका थिए ।
कार्यक्रममा बोल्दै बेलबारी प्रमुख आयुक्त बादल देवानले स्काउट विद्यार्थी र शिक्षक सगैँ स्काउटिङ विकासमा विभिन्न गतिविधि सञ्चालन गरिदै आएको र आगामी फाल्गुणमा कम्बाइन क्याम्पको तेस्रो संस्करण आयोजना गर्न लागिएको कार्यक्रमा जानकारी दिदै उत्त कार्यक्रम प्रदेश भरीबाट २५०० स्काउट विद्यार्थी सहभागी गराउने बताएका छन् । यस्तै सिद्धार्थ सेकेन्डरी स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले हरेक विद्यालयमा स्काउट सञ्चालन गर्न आवश्यक रहेको र यसले विद्यार्थीहरुलाई सधैँ तयार रहन प्रेरित गर्ने उनको भनाइ थियो ।