काठमाडौं,चैत १९ । काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको छ । यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सितादेवी राई रहेका छन् । सोमबार प्रहरीले विष्णुजंग बस्नेत, सितादेवी राई, देवी संग्रौलालाई पक्राउ गरेको थियो । उनीहरू राजावादी समूहको आन्दोलनका कमान्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ ।
यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।