काठमाडौं,भदौ २३ । नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको मेची महाकालीको ५ दिने भ्रमण तथा अध्ययन अवलोकन सम्पन्न भएको छ । भ्रमण टोली धनगढीदेखि पूर्वको ईलामसम्मको अवलोकन भ्रमण सम्पन्न भएको हो । । भ्रमणका क्रममा डेरी उद्योग, फार्म,विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको अवलोकन गरिनुका साथै उद्योगका विषयमा पनि जानकारी लिने दिने कार्य भएको थियो।
अध्ययन गर्ने उदेश्यका साथ भ्रमण कार्यक्रम तय गरिएको कुरा भ्रमणमा सहभागी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमालले बताएका छन् । भ्रमणमा सुदुर पश्चिम प्रदेशका पदाधिकारी एवं सदस्यहरुको सहभागी रहेको थियो। भ्रमण सुदुर पश्चिम प्रदेशको धनगढी स्थित श्रीराम डेरी उद्योगको परिसरबाट शुरु गर्दै लुम्बिनी प्रदेशको तुल्सिपुर स्थित मोर्डन गाई फार्म अवलोकन गर्दै फार्मका संचालक एवं एसोसिएसनका केन्द्रिय उपाध्यक्ष रेशम बहादुर खड्कासँग भेट गरि मायाको चिनो आदानप्रदान प्रदान गरिएको थियो ।
नेपाल डेरी एसोसिएसन २०५५ सालमा विधिवत रुपमा दर्ता भई दुग्ध उद्योगीहरुको हक हितमा काम गर्दै आईरहेको संस्था हो। २६औं वर्षमा प्रवेश गरिरहँदा एसोसिएसनले सात प्रदेश र २३ वटा जिल्लामा आफ्नो संगठन बिस्तार भएको छ ।
विभिन्न उतारचढावको सामना गर्दै पालिका, जिल्ला, क्षेत्रिय कार्यालय लगायत सातै प्रदेशमा आफ्नो संगठन विस्तार गर्दै आज देशभर करिव ३२० दुग्ध उद्योगीहरु यस छाता संगठनको सदस्य बनेका छन् । एसोसिएसन भित्र आफ्ना उद्योगीहरुको स्तरोन्नतीका लागि विभिन्न तालिम, गोष्ठि एवं अध्ययन अवलोकनका कार्यहरु हुने गर्दछ्न्। सोही अनुसार सुदुरपश्चिम प्रदेशले मेची महाकालीको ५ दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको हो । विभिन्न ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरुमा समेत भ्रमण गरिएको थियो । भ्रमणको क्रममा रुरु क्षेत्रको धार्मिक स्थल, ईलामको चिया बगान, सिन्धुली गढी लगायत अन्य थुप्रै स्थानहरुको भ्रमण गरिएको थियो। अबलोकन क्रममा एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं समाजसेवी राजन चिमरिया संचालक रहेको झापाको धाइजनमा अवस्थित रितिका डेरी उद्योग अवलोकन गरि केन्द्रिय महासचिव हेमचन्द्र खनाललाई भेटघाट गरि विभिन्न विषयमा छलफल तथा भलाकुसारी गर्दै भ्रमण कार्यक्रमलाई समापन सहित सुदुरपश्चिम प्रदेशको यात्रा समापन भएको थियो।
एसोसिएसनले यस्ता कार्यक्रमलाई धेरै समय देखी गर्दै आएको छ । एसोसिएसनले स्वदेशी एवं विदेशी अवलोकन भ्रमण गर्दा नयाँ नयाँ कुराहरु सिक्ने पाइने र आफ्नो उद्योगमा सोही कुरा लागु गर्दा उपयोगी हुने हुन्छ । गत साल बंगला देश, कतार, इजरायल, भारत लगायतका देश भ्रमण गरिएको थियो । यस्तै यो वर्ष पनि श्रीलंका र अब तत्काल चाइना जाने तयारी रहेको एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताएका छन् ।