समाचार

क्याथे प्यासिफिकको विमानका यात्रु बिरामी भएपछि अनुसन्धान सुरू

क्याथे प्यासिफिकको विमानका यात्रु बिरामी भएपछि अनुसन्धान सुरू

काठमाडौं,पुस २७। नेपाल उडानका क्रममा हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानका यात्रु बिरामी भएपछि अनुसन्धान सुरू गरिएको छ । धेरैमा फुड पोइजनको समस्या देखिएपछि हङकङस्थित स्वास्थ्य अधिकारीहरूले उक्त विमानमा उपल्बध गराइएको खानाको अनुसन्धान थालेका हुन् ।

सेन्टर फर हेल्थ प्रोटेक्सनले शुक्रबार काठमाडौंबाट हङकङ पुगेका ३६ जना यात्रुमा फुड पोइजनिङको समस्या देखिएको बताएको छ । त्यसको विष्तृत अनुसन्धान थालिएको स्वास्थ्य अधकारीहरुले जनाएका छन् ।

एयरलाइन्सले पनि शुक्रबार साँझ माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ । ‘यदि एयरलाइनको उडानको खानामा अखाद्य पदार्थ पत्ता लाग्यो भने हामी सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्नेछौं र सबै आवश्यक सुधारात्मक कार्यहरू गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ।

 

 

 

Related Tag :

Related Post