समाचार

गौशाला धर्मशाला खाली नगर्न मन्त्री पाण्डेको निर्देशन

गौशाला धर्मशाला खाली नगर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौं,कात्तिक १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशाला खाली नगराउन  निर्देशन दिएका छन् । पछिल्लो समय बढेको विवाद अन्त्यका लागि उनले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकसमेत आह्वान गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेको निर्देशनबमोजिम बिहीबार पठाइएको पत्रमा ‘पशुपतिनाथको पवित्र क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ बुझिन आएकाले परिषदको अर्को बैठकबाट निर्क्यौल नभएसम्म परिषद् बैठकको असोज २० को निर्णय कार्यान्वयन स्थगन गर्न भनिएको छ ।

काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्र पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो । त्यसपश्चात कोषले धर्मशाला सञ्चालनरव्यवस्थापनको जिम्मा महानगरपालिकालाई दिने निर्णय गरी महानगरलाई पत्र लेखेको थियो ।महानगर प्रहरी दुई पटक धर्मशाला खाली गराउन गएपनि मारवाडीहरूले अवरोध गरेका थिए ।

 

 

Related Tag :

Related Post