समाचार

सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरु पक्राउ

सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरु पक्राउ

काठमाडौं, वैशाख ७। राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

राप्रपाले आज  बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो । राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए ।

प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो । त्यसपछि उनीहरुले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई रिहा गर्न माग गरेर लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए । प्रहरीले भने पम्प्लेट खोसेर उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

 

 

 

Related Tag :

Related Post