समाचार

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा पुगेर प्रचण्डले भने-गिरीबन्धु टि-इस्टेट प्रकरणको फाइल खोलेरै छाड्छु

प्रधानमन्त्री  ओलीको गृहजिल्ला झापामा पुगेर प्रचण्डले भने-गिरीबन्धु टि-इस्टेट प्रकरणको फाइल खोलेरै छाड्छु

काठमाडौं,पुस १५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टि-इस्टेट प्रकरणको फाइल खोलेरै छाड्ने बताएका छन् ।गिरीबन्धुमा  गरिएको बदमासीलाई पर्दाफास गरेरै छाड्छु भन्दै चेतावनी दिएका हुन। 

 प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा आयोजित माओवादीको खबरदारीसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको सुई कांग्रेस र एमालेको हेडक्वार्टरतिर सोझिएपछि आफूलाई सरकारबाट हटाएको उनको भनाइ थियो ।

प्रचण्डले भने, ‘उहाँले जालझेल नै गरिराख्नुहुन्छ, तर गिरीबन्धु टि(इस्टेटमा उहाँले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्छु । गिरीबन्धु ओम्नी, वाइड बडीको फाइल खोल्छु । मलाई अलोकतान्त्रिक शैलीमा हटाइयो । मेरो सुई गिरीबन्धुतिर जाँदै थियो । त्यहाँ जानु भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो, तपाईंहरुले ढुक्कसँग बुझे हुन्छ । सत्य कुरा त्यही हो । यो भ्रष्टाचारीलाई जोगाउन बनेको सरकार हो । यसले जनताको पक्षमा काम गर्नै सक्दैन ।

 

Related Tag :

Related Post