काठमाडौं,पुस ३० । रास्वपाले समानुपातिक सूचीमा रहेकी जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाएको छ ।
भूराजनीतिक चासो उत्पन्न भएको भन्दै रास्वपाले टासीको नाम हटाएको हो । उनको नाम बन्दसूचीको माथिल्लो क्रममा भए पनि उनको सहमति बेगर सूचीबाट नाम हटेको हो ।निर्वाचन आयोगले टासीको नाम सूचीबाट हटेको पुष्टि गरेको छ ।
यसअघि सुशीला कार्की सरकारमा मन्त्री बन्ने तयारीमा रहेकी टासीको बारेमा विभिन्न विवाद आएको भन्दै अन्तिम घडीमा नाम काटिएको थियो ।उनी हिमाली क्षेत्रको पर्यावरण संस्कृति आदि क्षेत्रमा अध्ययन गरेकी अध्येता हुन् । जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेकी थिइन् ।
चिनियाँ पक्षले टासीको बारेमा आफुसँग विभिन्न सूचना उपलब्ध भएको भन्दै उनको संलग्नताले दुईदेशीय सम्बन्धलाई खलल पार्न सक्ने चिन्ता जाहेर गरेका थिए ।