समाचार

एमाले सचिवालय बैठक च्यासलमा सुरु

एमाले सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौं,कात्तिक २४। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा दुई घण्टा ढिलो सुरु भएको  छ । शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्रको प्रभावकारिता, आगामी महिना स्थानीय तहमा रिक्त विभिन्न पदका लागि हुने उपनिर्वाचन, पार्टीको आन्तरिक व्यवस्थापनलगायत विषयमा छलफल हुने बुझिएको छ ।

 

 

 

Related Tag :

Related Post