समाचार

नेकपा एकीकृत समाजवादीको मतगणनामा विवाद

नेकपा एकीकृत समाजवादीको मतगणनामा विवाद

काठमाडौं,भदौ ११ । नेकपा एकीकृत समाजवादीको जारी मतगणनामा विवाद भएको छ।नेताहरूले मतगणना स्थलमा होहल्ला गरेका छन्।विवाद भएपछि महासचिव घनश्याम भुसालले सबैलाई बाहिर पठाएर हल खाली गराएका छन्। तीन जना केन्द्रीय सदस्यलाई मतगणना स्थलमा लगेपछि विवाद भएको हो। 

पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न भएको मतदानमा ३४४ केन्द्रीय सदस्य रहेको नेकपा एसमा ३२२ मत मात्रै खसेको छ।

डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको नेकपा एसले बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न आज मतदान भएको थियो।

मतदान सकिएपछि अहिले पदाधिकारीको मतगणना चलिरहेको छ।

 

Related Tag :

Related Post