समाचार

लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ लगियाे , निकिता पनि एउटै जहाजमा

लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ लगियाे , निकिता पनि एउटै जहाजमा

काठमाडौं,मंसिर २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ लगिएको छ । रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केही बेर बिमानस्थलमा राखेर पोखरा लगिएको हो । बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा गएका छन् । 

रवि चढेकै बिमानमा उनकी पत्नी निकिता पौडेल पनि चढेकी छन् । उनी पनि पोखरा जान लागेकी हुन् । तर, रवि र निकिता फरक फरक सिटमा छन् ।

रविलाई पोखराबाट बयानका लागि अस्ति वीरगञ्ज लगिएको थियो । हिजो एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो । श्रीमान कास्कीको हिरासतमा रहेदेखि पत्नी निकिता पनि धेरै समय पोखरा नै बस्दै आएकी छन् ।

 

 

Related Tag :

Related Post