समाचार

काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ जनाले ज्यान गुमाए

काठमाडौं उपत्यकाका तीन जिल्लामा  २१ जनाले ज्यान गुमाए

काठमाडौं,असोज १२ । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २१ जनाले ज्यान गुमाएका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं र ललितपुरमा ९र९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ ।

घिमिरेका अनुसार, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने तीन जिल्लामा गरेर ६ जना बेपत्ता छन् । प्रहरीका अनुसार, काठमाडौंमा २२६ घर डुबानमा परेका छन् भने नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० को नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ । ललितपुरका पनि अधिकांश स्थानमा पानी पसेको छ । नखिपोटमा उद्दारमा ढिलाइ हुँदा शनिबार बिहान ४ जना बेपत्ता भएका थिए । तर, केही तल तीन जनालाई प्रहरी र स्थानीय मिलेर उद्दार गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालका अनुसार, उद्दार गरेर प्रहरी प्रभाग भैंसेपाटीको गाडीमा पाटन अस्पताल पुर्याइएको छ ।

भक्तपुरमा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते छन् । भक्तपुरमा पनि अधिकांश स्थानमा पानी पसेको छ।  त्यस्तै ललितपुरमा पनि प्रहरी निरीक्षकको कमाण्डमा सामाखुशीबाट २५ जनाको टोली परिचालित छ । ललितपुरमा प्रहरीको विशेष सुरक्षा गण त्रिपुरेश्वरबाट पनि ३० जना खटएका छन् । भक्तपुरमा सामाखुशीबाट १५ जनाको टोली खटिएको छ ।

विपद उद्दार तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलको टोली पनि परिचालित छ । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार, उपत्यकामा २३ वटा ढुंगासहित १ हजार ५१२ जनाको टोली उद्दार कार्यमा परिचालन गरिएको छ ।

 

Related Tag :

Related Post