समाचार

सिमलतालमा बेपत्ता बस खोज्न भारतीय टोली परिचालन हुने

सिमलतालमा बेपत्ता बस खोज्न भारतीय टोली परिचालन हुने

चितवन,साउन ५ । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार को लागि शनिबारदेखि भारतीय टोली पनि परिचालन गरिएको छ । सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर शनिबार चितवन आइपुगेको हो ।

 पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएको बताइएको छ । ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्छ ।  टोली सात दिनसम्म रहने बताइएको छ ।

भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स एनडीआरएफ को १२ सदस्यीय टोली शनिबारदेखि खोजतलासका लागि घटनास्थल आइपुगेको छ । खोजतलासमा परिचालिन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित यहाँका सुरक्षा निकायका अधिकारीहरुसँग छलफल गरेको थियो ।

 

 

 

 

Related Tag :

Related Post