समाचार

तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेका छन् : बाबुराम भट्टराई

तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेका छन् : बाबुराम भट्टराई

काठमाडौं,माघ २७ । नेपाल समाजवादी पार्टी  (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको बताएका छन् । आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीले पुराना शक्तिले भएन, कांग्रेसले गरेन, यसले गरेन भनिरहेका छौं । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन्,’

सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको .उनको भनाइ थियो । उनले थपे, ‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौं भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौं । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन्,’

 

Related Tag :

Related Post