विराटनगर,साउन १२ । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच बराबर मन्त्रालय बाँडफाँड गर्ने सहमति सहमति भएको छ । शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति गरेको हो ।अब कोशी मन्त्रिपरिषदमा एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना रहनेछन् ।
मन्त्रालय भागबन्डा टुङ्गो लागेपछि सोमबार सरकार विस्तार हुने भएको छ ।