समाचार

हिमालयन कृषि उद्योग लिमिटेडको प्रथम साधारणसभा सम्पन्न

हिमालयन कृषि उद्योग लिमिटेडको प्रथम साधारणसभा सम्पन्न

काठमाडौं,पुस १४ । हिमालयन कृषि उद्योग लिमिटेडले प्रथम साधारणसभा भब्यताका साथ सम्पन्न भएको छ । शनिबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सम्पन्न भएको  हो। कार्यक्रममा नेपालका प्रथम सम्मानिय रास्ट्रपति डा. रामबरण यादव सहित पूर्व सचिव योगेन्द्रकुमार कार्की लगायत कृषि क्षेत्रमा लामो समय देखि योगदान गर्दै आएका कृषि विज्ञहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 कार्यक्रममा बोल्दै हिमालयन कृषि उद्योगका अध्यक्ष सागर उप्रेतीले कृषि क्षेत्रमा धेरै सम्भावना देखेर दिगो कृषि विकास र प्रबर्द्धनका लागि कम्पनीले काम गर्दै आएको बताएका छन्। विदेशीरहेका  लाखौं युवाहरुलाई रोकेर नेपालमै कृषि क्षेत्रमा प्रयोग गर्न सके कृषि क्षेत्रले फड्को मार्ने उनको भनाइ थियो।   यस्तै कार्यक्रममा बोल्दै पूर्व रास्ट्रपति  डा रामबरण यादवले कृषिमा नयाँ युगको सुरुवात भएको बताए । 

उनले नेपालको कृषिमा धेरै सम्भावना हुदाहुँदै पनि पछिल्लो समय अझ कृषि क्षेत्रमा निराशाजनक नतिजा आएको उनको भनाइ थियो। अब सबै जना एकजुट भएर लाग्ने समय आएको बताए।
 

Related Tag :

Related Post