समाचार

सरकार ढल्ने चर्चा बजार हल्लामात्रै, अध्यादेश कांग्रेससँगको सहमतिमै ल्याइएको हो : प्रधानमन्त्री

सरकार ढल्ने चर्चा बजार हल्लामात्रै, अध्यादेश कांग्रेससँगको सहमतिमै ल्याइएको हो : प्रधानमन्त्री

 काठमाडौं,माघ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि चलेको सरकार ढल्ने चर्चा सत्य नभएको बताएका छन् । बालुवाटार पुगेका उद्योग व्यवसायीसँग कुरा गर्दै उनले त्यो बजार हल्लामात्र भएको जिकिर गरे । उनले भनेका छन्, ‘अध्यादेश ल्याएपछि कांग्रेस र एमालेको नीति नमिलेर अब सरकार छिट्टै ढल्दैछ भन्ने बजार हल्ला छ । सरकार चाहिँ आपसमा बसेर सकारात्मक दूरगामी महत्वका नीति निर्माण गर्दैछ । प्रभावकारी ढंगले कदम चाल्दैछ ।’

उनले एमाले र कांग्रेसका नेताहरू देश बनाऊँ भन्ने भावनाका साथ अघि बढेको उनको भनाइ थियो । उनले थपे, ‘केही मान्छेमात्रै हुँदा रहेछन्, आफ्ना स्वार्थका लागि देशको कुनै मतलब छैन । जतिबेला अन्टसन्ट बोल्ने, विरोध गर्ने । तीनलाई आफ्नो पिठो बिकाउनुछ । तर, आम मानिसको चाहना सुशासन र विकाससँग सम्बन्धित हुन्छ ।’

 

Related Tag :

Related Post