समाचार

काठमाडौंबाट लमजुङ गइरहेको हायस नुवाकोटको शिवपुरीस्थित चापाकोटमा दुर्घटना

काठमाडौंबाट लमजुङ गइरहेको हायस नुवाकोटको शिवपुरीस्थित चापाकोटमा दुर्घटना

 काठमाडौं,असोज १४ । काठमाडौंबाट लमजुङ गइरहेको हायस नुवाकोटको शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ।

नुवाकोट प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ सय मिटर तल खसेको थियो। दुर्घटनामा ११ जना घाइते भएका छन्।

२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको उपचार भइरहेको छ ।

 

Related Tag :

Related Post