समाचार

प्रधानमन्त्रीको दशैं सन्देश-विपद्ले उल्लास छैन ,गच्छेअनुसार दशैं मनाउनु

प्रधानमन्त्रीको दशैं सन्देश-विपद्ले उल्लास छैन ,गच्छेअनुसार दशैं मनाउनु

काठमाडौं,असोज २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो दशैंमा परिवारका सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहेको बताएका छन् । यो दशैंमा सरकार विपद्ले दिएको पीडाबाट जनतालाई मुक्त गर्न केन्द्रित हुनुपर्ने भएकाले र बाढी पहिरोले निम्ताएको समस्याले उल्लासमय नभएकाले यो वर्ष टीकाको कार्यक्रम नराखिएको बताएका हुन् ।


प्रधानमन्त्री ओलीले भिडिओ सन्देश जारी गर्दै भनेका छन्  यो वर्षको दशैं उल्लासमय हुन सकेन । दशैंको मुखमा दशैं अघि आएको भीषण बाढी र पहिरोको कारण २ सय भन्दा बढीले ज्यान गुमाएका छन् । कति घाइते हुनुभयो । धेरै जनधनको क्षति भयो । भौतिक पूर्वाधार पुलहरू बाटाहरू ध्वस्त भए । धेरैलाई घरबारविहीन बनायो । पहिरावरका सदस्यहरू बाढी पहिरोले चुँडेर लग्यो । यसैले हामी विगतजस्तो हामी दशैंमा यो अवसरमा रमाउन सकेको छैनौँ । सरकारको नेतृत्वमा रहेको हैसियतले पुनर्निर्माण र पुनर्स्थापनामा जुट्नुपर्ने आवागमन सुगम बनाउनुपर्ने उत्तरदायित्वमा लागिरहेको छु ।

उनले अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

 

Related Tag :

Related Post