काठमाडौं,असोज ८ । ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत गरिएको छ । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।
६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् ।उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।