समाचार

२८ मंसिरदेखि पाँच दिनसम्म भक्तपुर महोत्सव हुने

२८ मंसिरदेखि  पाँच दिनसम्म भक्तपुर महोत्सव हुने

भक्तपुर,मंसिर १९ ।  २८ मंसिरदेखि  पाँच दिनसम्म भक्तपुर महोत्सव हुने भएको छ । उक्त महोत्सवको तयारी पूरा भएको आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुरका अध्यक्ष केशव त्वानाबासुले बताएका छन् । महोत्सव अन्र्तगत मुख्य ३२ ठाउँमा प्रदर्शनी हुने र महेश्वरी खेल मैदानमा व्यापार मेला हुने आयोजकको भनाइ छ ।

मेला भक्तपुरको महेश्वरी खेल मैदानमा आयोजना हुनेछ । महोत्सव २ पुससम्म चल्ने छ ।व्यापार मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्री, विभिन्न लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता, कृषि तथा हस्तकला सामग्री प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामग्रीका स्टल रहने छ ।

भक्तपुर नगरपालिकासँगको समन्वयमा मेला आयोजना हुन लागेको हो । आयोजक समिति सचिव रामेश्वर मचामसीका अनुसार व्यापार मेलामा झन्डै १ सय स्टल रहने छ ।

 

 

 

 

Related Tag :

Related Post