धनुषा,पुस ४ । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक जनाको शव भेटिएको हो। प्रहरीका अनुसार बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गर्न लागिएको प्रहरीको भनाइ छ । बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको भन्ने स्थानीयले जानकारी दिएका थिए ।