समाचार

एमालेको उच्चस्तरीय टोली चीन जाँदै

एमालेको उच्चस्तरीय टोली चीन जाँदै

काठमाडौं,कात्तिक, २६। नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल बेइजिङ पुग्दैछ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निम्तामा जान लागेको एमाले टोलीमा सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी छन् । त्यस्तै केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीसमेत भ्रमण दलमा छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा। दीपेन्द्र श्रेष्ठ, झापा गौरगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली,केन्द्रीय सल्लाहकार तारा बराल नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मीसमेत छन् ।

 

 

Related Tag :

Related Post