समाचार

बागमती नदीमा दाउरा टिप्न गएका एक जनाको उद्धार, अर्का बालक बेपत्ता

बागमती नदीमा दाउरा टिप्न गएका एक जनाको उद्धार, अर्का बालक बेपत्ता

काठमाडौं,असार २६ । रौतहटको माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् । अर्का बालकको भने सकुशल उद्धार गरिएको छ ।

बुधबार दिउँसो घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान बगेर बेपत्ता भएका छन् । सुधीरसँगै दाउरा टिप्न गएका अर्का बालक १३ वर्षीय शिवजी पासवानलाई भने स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी सरोज डल्लाकोटीले जानकारी दिए ।

दुवै बालक दाउरा टिप्न गएको बेला अचानक अएको बाढीको भेलमा फसेका थिए । एकजना बेपत्ता भए पनि स्थानीयले तत्कालै सशस्त्र प्रहरी बोलाउँदा उद्धार गरिएको थियो । उद्धार गरिएका बालक नदीको बीचमा फसेर उद्धार कुरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।

ती बालक नै बगेको भनेर भाइरल भइरहेको भिडियो असत्य रहेको प्रहरीले दाबी गरेको छ । बेपत्ता बालक सुधीरको खोजी कार्य गरिरहेको सूचना अधिकारी डल्लाकोटीले बताए ।

 

 

Related Tag :

Related Post