समाचार

त्रिशूलीमा बस खोज्न चीनसँग पनि सहयोग मागिंदै

त्रिशूलीमा बस खोज्न चीनसँग पनि सहयोग मागिंदै

 काठमाडौं,साउन १६ । सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रु अझै भेट्न सकिएको छैन । १ महिना हुनै लाग्दा पनि भेटने सम्भावना नदेखिएपछि खोजी गर्न चीनसँग पनि सहयोग माग्ने सरकारको तयारी छ ।  गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ ।

मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् ।

अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन । यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।

 

 

Related Tag :

Related Post