समाचार

मेयर शाहको गतिविधि अराजनीतिक र असहिष्णु भएको देउवाको टिप्पणी

मेयर शाहको गतिविधि अराजनीतिक र असहिष्णु भएको देउवाको टिप्पणी

काठमाडौं,भदौ १८ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका अभिव्यक्ति र गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् । मेयर शाहको गतिविधि अराजनीतिक र असहिष्णु भएको भन्दै आक्रोश व्यक्त गरेका हुन । 

मंगलवार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका एमाले काठमाडौंका नेताहरूसँग कुरा गर्दै उनले मेयरका अराजक गतिविधिको जिम्मेवार र संयमित ढंगले प्रतिवाद गर्नुपर्ने समेत बताएका हुन।

देउवासँगको भेटमा महानगरका मेयरको बारेमा कुरा नभए पनि खुलामञ्चमा देउडा पर्वको अवसरमा भएको अराजक गतिविधिको प्रसंग निस्किएको र उनले बालेनको नाम लिएर भएको त्यस्ता गतिविधि छाडा र अराजक भएको बताएका थिए। यस्तै देउवाले एमाले नेताहरूकै सामुन्नेबाट कानून मन्त्री अजय चौरसियालाई फोन गरी सर्वोच्च अदालतले नदी किनाराका दुवैतर्फका २०र२० मिटर वरपरका घर बस्ती उठाउने भनी गरेको फैसला अव्यवहारिक र असम्भव रहेको कुरा आएकाले फैसला पुनरावलोकनमा जान निर्देशन दिएका थिए ।

 

Related Tag :

Related Post