समाचार

प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने

प्रधानमन्त्री  ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने

काठमाडौं,माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ । आजै प्रधानमन्त्रीलाई सभामुखले भेटेका थिए । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने हामीलाई सभामुखले बैठकमा जानकारी गराए , सम्बोधन गर्ने कुरा चलेको छ । अर्को बैठकमा के गर्ने भन्ने निर्णय हुन्छ ।

 

Related Tag :

Related Post