काठमाडौं,साउन ९ । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
उद्धार टोलीले मृतक यात्रुहरूको शव दुर्घटनास्थलबाट निकालिरहेको छ । जहाजमा सवार यात्रुको अवस्था बारे विवरण आउने क्रम जारी छ । विमानले अनय जहाज र नजिकका घरहरुमा कुनै क्षति भने नभएको स्रोतको भनाइ छ ।
जहाजमा १९ जना यात्रु सवार थिए । सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरू लैजान लागिएको थियो ।