समाचार

२४ घण्टाभित्र देशभरिका विमानस्थलमा ४ सुविधा थप वा स्तरोन्नति गर्न निर्देशन

२४ घण्टाभित्र देशभरिका विमानस्थलमा ४ सुविधा थप वा स्तरोन्नति गर्न निर्देशन

काठमाडौं,चैत २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न चार प्रकारका सुविधा थप वा स्तरोन्ति गर्न गर्न देशैभरका विमानस्थल कार्यालयलाई निर्देशन दिएको छ।मन्त्रालयका सचिव मुकुन्द्रप्रसाद निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै विमानस्थलहरूको सेवा गुणस्तर सुधार सम्बन्धी निर्देशन दिएका हुन् । उनले २४ घण्टाभित्र ती सेवा थप वा स्तरोन्नति गर्न निर्देशन दिएका हुन् ।

विमानस्थलहरूमा स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको छ । सफा, सुरक्षित तथा गोपनीयता सुनिश्चित भएको स्तनपानरबेबी–चेन्जिङ कक्ष सञ्चालन गर्न वा आवश्यकता अनुसार स्तरोन्नति गर्न मन्त्रालयले भनेको हो ।

बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिकता हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिइएको छ । बिरामी, जेष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्न भनिएको छ । साथै मन्त्रालयले निस्शुल्क स्यानिटरी प्याड उपलब्ध गराउन समेत भनेको छ । चौथो निर्देशनमा विमानस्थल परिसरमा सरसफाइ तथा स्वच्छता मापदण्ड कायम गर्न भनिएको छ ।दैनिक सरसफाइ लगबुक प्रणाली लागू गर्ने, विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेका र अन्य जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न भनिएको छ ।

त्यसको नियमित निरीक्षण तथा अभिलेखीकरण गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

 


 

Related Tag :

Related Post