समाचार

आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या छैन :विप्लव

आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या छैन :विप्लव

काठमाडौं,माघ १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का महासचिव नेत्रविक्रम चन्द विप्लवले कृषिमा आत्मनिर्भर हुन गरेको मिहेनतले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको बताएका छन् । 

आइतबार राजधानीमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।उनले भनेका छन्, ‘नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या छैन । नेता र कार्यकर्ता कम्तीमा मागेर खानुपर्ने ठाउँमा छैनौं,’ उनले भने, ‘तीन वर्षमा पार्टीलाई खानका लागि चन्दा माग्नु नपर्ने ठाउँबाट मुक्त गर्ने अठोट हो । हामीले खानका लागि कसैसँग गुहार्न पर्ने ठाउँमा छैनौं ।’

यस्तै उनले भोलि ९सोमबार० राजधानीकै बुढानीलकण्ठमा व्यापारिक केन्द्र खोल्न लागिएको पनि बताएका छन् । 
 

Related Tag :

Related Post