काठमाडौं,पुस १५ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सोमबार माधव नेपालसँगको पुराना संस्मरणहरू पुनर्जीवित भएको बताएका छन्। ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाललाई भेट्न आलोकनगर पुगेका गौतमले उक्त कुरा बताएका हुन ।
गौतमले भनेका छन्, ‘पुराना संस्मरणहरू पुनर्जीवित गरियो । नयाँ आकाशतर्फ फेरि हिँड्नपर्छ भन्ने पनि कुरा भयो । अनि आजलाई स्थगित भयो ।’
साथै, उनले आफू एकीकृत समाजवादी प्रवेशको सम्भावना रहेको पनि बताएका छन् । एकीकृत समाजवादीमा गौतमलाई नेपाल र झलनाथ खनालपछिको वरियता दिने तयारी छ ।