समाचार

तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको तिज विशेष कार्यक्रम तथा महिला भेला सम्पन्न

तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको तिज विशेष कार्यक्रम तथा महिला भेला सम्पन्न

काठमाडौं,भदौ ५ । नेकपा (एमाले) तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चकाे तिज विशेष कार्यक्रम तथा महिला भेला  सम्पन्न भएकाे  छ । मञ्चको नियमित कार्यक्रम अन्तर्गत कौशलटार प्यालेस, भक्तपुरमा हिजाे कार्यक्रम सम्पन्न भएकाे  हो । कार्यक्रममा पूर्व मन्त्री एवं एमाले स्थायी कमिटी सदस्य डा. शिवमायाँ तुम्बाहाङ्फे प्रमुख आतिथि र एमाले केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा विशेष अतिथिको रुपमा उपस्थित भएका थिए । 

कार्यक्रममा अतिथिको रुपमा पेशागत महासंघ अध्यक्ष पुण्य ढकाल, राष्ट्रिय जनसांस्कृतिक महासंघ अध्यक्ष प्रेमनाथ अधिकारी, फेकोफनका महासचिब पार्वता गौतम, एमाले सम्बद्ध विभिन्न तहका नेता कार्यकर्ताहरु लगायत काठमाडौं उपत्यकामा रहेका तेह्रथुमेहरुको बाक्लो उपस्थिति रहेको थियो । 

साथै लोक गायिका अन्जु गौतम, गायक सम्भु फोम्बो, नायक सञ्जय खतिवडा लगायत ख्यातिप्राप्त कलाकारहरुको समेत उपस्थिति थियो। पूर्व मन्त्री एवं एमाले स्थायी कमिटी सदस्य डा. शिवमायाँ तुम्बाहाङ्फेले कार्यक्रममा बोल्दै समाजको समग्र उन्नतिका लागि महिला र पुरुष साथसाथै हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताएकी छन् । युवा पुस्तालाई थप प्रशिक्षित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । कार्यक्रममा गायिका अन्जु गौतम, गायक शम्भु फोम्बो लगायत कलाकारहरुले आफ्नाे प्रस्तुति दिएका थिए ।  

 

Related Tag :

Related Post