काठमाडौं,मंसिर २२ । आज देखि लागु हुने गरी अन्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अनुसार दुई सातादेखि अन्डाको मूल्य क्रमशः बढ्दै ठूलो अन्डाको फाम रेट प्रतिक्रेट ३० वटाको रुपैयाँ चार सय ७० र मझौलाको रुपैयाँ चार सय ५५ कायम गरिएको छ ।
यसअघि अन्डाको मूल्य पाँच सय पाँच रुपैयाँसम्म पुगेर क्रमशः घटेको थियो ।हाल दैनिक २२ लाख गोटा हाराहारी अन्डा उत्पादन हुँदै आएको छ ।
मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन् ।