काठमाडौं,माघ २७ । विधान सभा चुनावमा आफ्नो पार्टीले पराजय भोगेपछि आतिशीले दिल्लीको मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएकी छिन् । आम आदमी पार्टीकी नेतृ आतिशीले आइतबार बिहान दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन् । उनी राजीनामा बुझाउन सक्सेन निवासमा पुगेकी थिइन् ।
उपराज्यपाल वीके सक्सेनाले आतिशीको राजीनामा स्वीकृत गरेको छ । उपराज्यपालले आतिशीलाई नयाँ सरकार गठन नभएसम्म पदमा रहन आग्रह गरेका छन् । अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएपछि आतिशी गत सेप्टेम्बरमा दिल्लीको मुख्यमन्त्री बनेकी थिइन् ।
भारतीय जनता पार्टी ९भाजपा० ले ४८ सिट जितेको छ । २७ वर्षपछि दिल्ली विधानसभा चुनावमा भाजापाले पूर्ण बहुमत प्राप्त गरेको छ । जबकि कांग्रेस पार्टीले यस पटक एउटा पनि सिट जित्न सकेन ।