अर्थ / वाणिज्य

शेयर बजारबाट उठ्यो एकै महिनामा सवा ४ अर्ब राजस्व

शेयर बजारबाट उठ्यो एकै महिनामा सवा ४ अर्ब राजस्व

काठमाडौं,भदौ, ३ । सरकारले शेयर बजारबाट वर्षभरिमा उठाउने पुँजीगत लाभकर भन्दा बढी लाभकर एकै महिनामा उठाएको छ । सत्ता समीकरण बदलिएसँगै शेयर बजारको अंक समीकरण बदलिएको छ । जसका कारण लगानीकर्तालाई मात्र होइन सरकारलाई पनि फाइदा भएको छ ।

नेप्सेको अंक मात्रै बढेको छैन, बजारमा कारोबार पनि बढेको छ । अहिले दैनिक जसो २३, २४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भइरहेको छ । अहिलेसम्मकै उच्च कारोबार भनेको पौने ३० अर्ब रुपैयाँसम्म हो ।

शेयर बजारबाट गत एक आर्थिक वर्षभरिमा पनि उठ्न नसकेको राजस्व एकै महिनामा उठेको छ । अर्थमन्त्री विष्णु पौडेलले असार ३१ गते अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेसँगै बजार अघि बढिरहेको हो । शेयर बजार अहिले बुल रनमा छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साउन महिनामा मात्र लगानीकर्ताले सरकारलाई ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार ८०२ रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।

सीडीएससीका अनुसार व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो । जबकि गत वर्षको यसै अवधिमा ९आव २०८०र०८१ साउन० ४० करोड ८ लाख ९१ हजार रुपैयाँ मात्र राजस्व उठेको थियो । गत आर्थिक वर्ष ९२०८०र८१० भरिमा भने ४ अर्ब १५ करोड ३० लाख ४१ हजार रुपैयाँ पुँजीगत लाभकर लगानीकर्ताले सरकारलाई बुझाएका थिए ।

सरकारलाई अर्बमा राजस्व बुझाएको लगानीकर्ताको सम्पत्ति भने खर्बौँले बढेको छ । साउन १ गते ९जुलाई १६० बजार पुँजीकरण ३६ खर्ब ६६ खर्ब ६२ करोड ३८ लाख रुपैयाँ थियो ।त्यसको एक महिनामा ९साउन ३१ अर्थात् अगस्ट १५० बढेर बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड ९० लाख रुपैयाँ पुग्यो । यो बिचमा लगानीकर्ताको सम्पत्ति १० खर्ब ९९ अर्ब ६७ करोड रुपैयाँले बढेको देखिन्छ ।

शेयर बजारको बढ्दो पुँजीकरणले अहिले नेपालमा सबैभन्दा धेरै लगानी शेयर बजारमै गइरहेको पुष्टि गर्छ । यस अघि नेप्से उच्च बिन्दुमा रहँदा शेयर बजारमा मासिक औसत दैनिक कारोबार १२ अर्ब रुपैयाँ पुगेको थियो । अहिले दैनिक औसत २० अर्बको हाराहारीमा कारोबार भइरहेको छ । शेयर कारोबारमा लगानीकर्ताले नाफा कमाउँदा सरकारलाई निश्चित प्रतिशत रकम पुँजीगत लाभकर शीर्षक अन्तर्गत तिर्नुपर्छ ।

एक वर्षभन्दा कम अवधिका ९अल्पकालीन० अर्थात् शेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि शेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७।५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।

 

Related Post