अर्थ / वाणिज्य

सेयर बजारले २७ सय नाघ्यो,कारोबार बढ्यो

सेयर बजारले २७ सय नाघ्यो,कारोबार बढ्यो

काठमाडौं,मंसिर ११। मंगलबार सेयर बजारले २७ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३।४१ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७१६ अंकमा पुगेको छ । यस्तै कारोबार रकम पनि बढेको छ । 

अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो ।२११ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् ।

 बैंकिङ १।२०, विकास बैंक ०.४९, फाइनान्स १.५१, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बीमा १.०२, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.८१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत बढे ।

 

Related Post